Logo

मुख्य समाचार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी रहेको छ ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको हो । बैठकमा आगामी निर्वाचनमा गठबन्धनबाट पार्टीले लिने सिटका विषयमा छलफल हुने बताइएको छ ।

सत्ता गठबन्धनलाई चुनावी भागबण्डामा सहमति जुटाउन सकस परिरहेको छ ।

यस्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जापान भ्रमणबारे ब्रिफिङ गर्ने पनि बताइएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १० : २३ बजे