Logo

समाचार

घाँटी थिचेर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ


२७ श्रावण २०७९, शुक्रबार  

184
Shares

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले महानगरपालिका-२३ का २६ वर्षीय दिनेशप्रसाद यादवलाई पक्राउ गरेको हो ।

यादवबिरुद्ध आफ्नी श्रीमती २३ वर्षीया प्रतिमा कुमारी यादवलाई घाँटी थिचेर हत्या गरेको आरोप छ ।

प्रहरीले पक्राउ परेका यादवविरुद्ध कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १ : ५३ बजे