Logo

समाचार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


२६ श्रावण २०७९, बिहिबार  

460
Shares

काठमाडौं । बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापा छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरले बैंकिङ कसूर तथा चेक अनादर मुद्दामा उनलाई १ महिना १५ दिन कैद र ५८ लाख ९६ हजार ५ सय रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

त्यसपछि फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले तोकिएको कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  १ : २८ बजे