Logo

मुख्य समाचार

चिनिँया नागरिकको अपहरण गरि फिरौती माग्ने ६ जना पक्राउ


१९ श्रावण २०७९, बिहिबार  

621
Shares

काठमाडौं । एक चिनिँया नागरिकको अपहरण गरि फिरौती माग्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार साँझ ६ जनाले चिनिँया नागरिकको अपहरण गरेका थिए । उनीहरुले चिनिँया नागरिकलाई दरबारमार्गबाट नयाँ बसपार्कमा लगेर बन्धन बनाएर एक करोड फिरौती मागेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले उनीहरुलाई पक्राउ परेको हो ।

पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  १२ : ५२ बजे