Logo

मुख्य समाचार

प्रतिनिधिसभा बैठक: राष्ट्रियसभावाट सन्देशसहित प्राप्त ५ बिद्येयक प्रस्तुत हुने


१७ श्रावण २०७९, मंगलबार  

368
Shares

काठमाडौं । संघीय संसद अन्तर्गको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । अपरान्ह दिउँसो १ बजे संघीय संसद भवन बस्ने सो बैठकका लागि सम्भावित कार्यसुची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ ।

जसअनुसार ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, ‘स्टान्डर्ड नाप र तौल पाँचौं संशोधन विधेयक, २०७४’, ‘प्रत्ययन विधेयक, २०७८’ विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘तथ्यांक विधेयक, २०७८ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि संघीय संसद सचिवालयले सावर्जनिक गरेको छ । सबै बिद्येयकहरु राष्ट्रिय सभावाट सन्देशसहित प्रतिनिधिसभालाई प्राप्त भएका हुन ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ८ : ४६ बजे