Logo

मुख्य समाचार

बागमती प्रदेशको मन्त्रिपरिषद् बैठक स्थगित



काठमाडौं । बागमती प्रदेशको आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे अस्वस्थ भएपछि बैठक स्थगित भएको जनाइएको छ । आजको बैठकबाट प्रदेश सरकारले गत फागुनमा जारी गरेको ५ अध्यादेश मध्ये ४ वटा अध्यादेश फेल भएपछि पुनः अध्यादेश ल्याउने गरी तयारी भएको थियो ।

बैठक एक साताका लागि स्थगित गरिएको जनाइएको छ । अर्को बैठकको मिति भने तोकिएको छैन । मुख्यमन्त्री पाण्डेलाई रुघा खोकी र ज्वरो देखिएको चिकित्सकले बताएका छन् ।

उनको कोभिड-१९ संक्रमण परीक्षणको एन्टीजेन परीक्षण पोजेटिभ आएको थियो भने पीसीआर परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १ : ४८ बजे