Logo

Breaking News 1

‘क्याबिनेटले निर्णय गरेपछि पनि एसपीपी अस्वीकारको पत्र किन लेख्न सकिएको छैन ? कार्यकारी अधिकार कता छ ?’: झलनाथ खनाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा सांसद झलनाथ खनालले देशभित्र राष्ट्रियताका सामु गम्भीर खतरा मडारिइरहेको दाबी गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै खनालले देशभित्र गम्भीर सम्स्याहरु देखा परिरहेको बताएका हुन् ।

खनालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको पत्र सरकारले अमेरिकालाई लेख्न नसकेकोमा आशंका व्यक्त गरे ।

क्याबिनेटले अस्वीकार गर्ने निर्णय गरिसकेपछि पनि के कारणले पत्र लेख्न रोक्दैछ भन्दै खनालले प्रश्न गरे ।

‘एसपीपी रोक्ने पत्र अहिलेसम्म लेख्न सकिएको छैन किन ? कार्यकारी अधिकारी कता छ ? क्याबिनेटले निर्णय गरेपछि के कारणले रोकिँदैछ ? यसलाई छिटो समाधान गरियोस्, खनालले भने ।’

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  २ : ५२ बजे