Logo

Breaking News 1

सिंहदरबारमा प्रचण्ड र बाबुरामबीच छलफल, नेपाल, खनाल र गौतम पनि सहभागी हुँदै



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच सिंहदरबारमा छलफल भएको छ ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा जारी छलफलमा सहकार्य गरेर अगाडि बढ्ने विषयमा छलफल भएको बुझिएको छ ।

जनता समाजवादी पार्टीबाट कारबाहीमा परेपछि भट्टराई प्रचण्डसँग सहकार्यका लागि सकारात्मक रहेको बुझिएको छ । छलफलमा दिउँसो ४ बजे नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वामदेव गौतम पनि सहभागी हुने बताइएको छ ।

नेताहरुबीच नेपाली कांग्रेस, नेकपा एमालेसँग सहकार्य नगरि छुट्टै वामपन्थी शक्ति निर्माणका विषयमा छलफल हुन लागेको हो ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  २ : ०४ बजे