Logo

समाचार

पर्यटन प्रवर्द्धनमा विकास हुँदै रोल्पाको ‘चुनारेभिर’



रोल्पा । रोल्पाको रोल्पा नगरपालिका २ रेउघामा रहेको ‘चुनारेभिर’ पर्यटन प्रवर्द्धनमा विकास भइरहेको छ । रोल्पा जिल्लाको सदरमुकाम लिबाङ देखि पश्चिममा पर्ने रेउघा भन्ने ठाउँ पुग्न पैदल करिब ३० मिनेट लाग्छ भने सवारी साधनमा १० मिनेट लाग्ने गर्दछ । सोही ठाउँमा अहिले ‘चुनारेभिर’ पर्यटन प्रवर्द्धन निर्माण भएको हो । लुम्बिनी प्रदेश सरकारको पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आयोजनामा निर्माण भएको स्रोतले जनाएको छ ।

डिभिजन कार्यालय कोहलपुरको ४ लाख ८० हजार र जनश्रमदान गरी जम्मा ५ लाख ३३ हजार ९ सय ६५ रुपैयाँमा निर्माण कार्य सम्पन्न भएको निर्माण उपभोक्ता समितिले जानकारी दिएको छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष विकास घर्ती मगरका अनुसार ‘चुनारेभिर’ पर्यटन प्रवर्द्धनका लागि सम्झौता २०७९ बैशाख ८ गते भएको र काम सुरु २०७९ बैशाख ९ गते भएको तथा काम सम्पन्न २०७९ जेठ ८ गते करिब १ महिनाको अवधिमा सकिएको थियो ।

त्येस क्षेत्रबाट ‘चुनारेभिर’को दृश्यसँगै माडी खोला बगिरहेको देखिन्छ भने माडीचौरको सुन्दर बस्ती, जङकोट, जापा, कोटगाउँ, कोजक लगाएतका थुप्रै ठाउँहरुको अवलोकन गर्न सकिन्छ ।

यसरी निर्माण कार्य सम्पन्न भएसँगै चुनारेभिरमा पर्यटन आउन थालेको घर्तीले बताए । दिनहुँ ५० जना देखि ६० जना सम्म यस ठाउँमा घुम्न आउने गरेको उनी बताउछन् । साथै शनिबार र बिदाका दिन भने करिब २०० जना जति घुम्न आउने गरेको प्रतिक्रिया दिदै घर्ती मगरले भने ‘धेरै जसो कर्मचारी र विद्यार्थीहरु आउने गर्नु हुन्छ । त्यतिमात्र नभई अन्य विभिन्न गाउँ–ठाउँहरुबाट पनि आउने गरे पाइन्छ ।’ माथिबाट फोटो खिच्नका लागि मिनी भ्यू टावर बनाएको, घाम पानी बाट बच्नका लागी ट्रस प्रतीक्षालय,भिरको दृश्य हर्न र नदिको दृश्य अवलोकन गर्नकालागि ठाउँ–ठाउँमा बेञ्चको व्यवस्था गर्ने काम भइरहे उनले बताए । फोहोर व्यवस्थापनका लागि डम्पिङ निर्माण भएको र पहिलेको सानो ग्राउन्ड लाई वाल लगाएर केही फराकिलो बनाउने काम भएको घर्तीले बताए ।

त्येस क्षेत्रबाट ‘चुनारेभिर’को दृश्यसँगै माडी खोला बगिरहेको देखिन्छ भने माडीचौरको सुन्दर बस्ती, जङकोट, जापा, कोटगाउँ,
कोजक लगाएतका थुप्रै ठाउँहरुको अवलोकन गर्न सकिन्छ । अहिले ‘चुनारेभिर’ पर्यटन प्रवर्द्धनमा विकास भएपछी प्रत्येक दिन रमाइलो हेर्न आउने गरेको स्थानीयले बताएका छन् ।

यस्तै रोल्पा नगरपालिका ३ खुमेलको सात्दोबाटोमा वि.सं.२०७५ साल तिर निर्माण भएको ढुङ्गे बगैचामा सुरु सुरुमा आन्तरिक तथा बाह्ये पर्यटकहरूको भिड लाग्ने र अहिले पनि पर्यटकको रूपमा घुम्न जाने गर्दछन । साथै रोल्पा नगरपालिकाले सोही खुमेलको साड्डोबाटो वि.सं.२०७८ सालमा जनयुद्ध स्मृति भ्यू टावर निर्माण कार्य सम्पन्न भयो । २०७८ चैतको १४ गते सोही जनयुद्ध स्मृति भ्यू टावरको पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) उद्घाटन गरेका थिए । अहिले उक्त भ्यू टावरमा पनि घुम्न जाने पर्यटकको भिड लाग्ने गरेको दृश्य देख्न सकिन्छ । साथै टावरको अवलोकन गर्नको लागि जिल्ला भित्र मात्र नभई छिमेकी जिल्लाहरुबाट पनि बाह्ये पर्यटकहरू आउने गरेको पाइन्छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ९ : ३५ बजे