Logo

मुख्य समाचार

काठमाडौं बारमा लोकतान्त्रिक समूहको प्यानल नै विजयी



काठमाडौं । काठमाडौं जिल्ला बार एसोसियनमा लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ । नेपाल डेमोक्रेटिक लयर्स एशोसियन (डिएलए)को तर्फ रामचन्द्र पौडेल समूहको प्यानल नै विजयी भएको हो ।

शनिबार भएको निर्वाचनमार्फत पौडेलको अध्यक्षतामा चयन भए । उपाध्यक्ष पुरुषोत्तम अधिकारी, सचिवमा उज्वलराम श्रेष्ठ, सचिवमा अञ्जु रेग्मी अर्याल, कोषाध्यक्षमा सन्तोष भण्डारी विजयी भएका हुन् ।

खुल्ला सदस्यमा क्रमश: भिष्म निरौला, मदनकुमार दहाल, संकल्प क्षेत्री, सुर्यमणी राई, सुनिल थापा, सुर्यबहादुर दौल्याल, सुवास पाठक विजयी भएका छन् ।

यसैगरी, हरिराम लामिछाने, चेतनाथ तिमल्सिना, जीवन न्यौपाने, प्रविण हुमगाई, दिपकुकुमार साह सदस्यमा विजयी भए ।

महिला सदस्यमा गीता श्रेष्ठ र उमादेवी प्रसाई चयन भए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ८ : ३० बजे