Logo

Breaking News 1

सीपीसीका नेता लिउ र ओलीबीच बालकोटमा भेटवार्ता



काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेको ओलीलाई भेट्न लिउ मंगलबार बिहान ओली निवास बालकोट पुगेका थिए । लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरिसकेका छन् ।

लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँग पनि भेटवार्ता गरेर भोली स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

लिउ आइतबार नेपाल आएका हुन् ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १० : ५० बजे