Logo

मुख्य समाचार

निर्वाचनका विकृति अन्त्यका लागि अभियान सञ्चालन गर्न सभामुखको आग्रह



भक्तपुर । सभामुख अग्नि प्रसाद सापकोटाले निर्वाचनमा हुने सबैखालका विकृति र विसंगति अन्त्यका लागि अभियान सञ्चालन गर्न युवाहरुलाई आग्रह गरेका छन् । राष्ट्रिय युवा परिषदद्वारा आयोजित चार दिने संघीय नमुना युवा संसद अभ्यास उदघाटन समारोहलाई शनिबार भक्तपुरमा सम्बोधन गर्दै सभामुख सापकोटाले उक्त कुरा बताएका हुन् ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी अभियान नै सञ्चालन गर्न युवाहरुलाई अनुरोध गरे ।

भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको हलमा नमुना युवा संसद अभ्यास सुरु भएको हो । नमुना युवा संसद अभ्यास कार्यक्रममा सातवटै प्रदेशबाट ८५ जना युवा सहभागी भएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । बस्नेतले १६–२४ वर्ष उमेर समूहका समावेशी युवाहरुलाई नेतृत्व विकास गर्न नमुना संसद अभ्यास कार्यक्रम आयोजना गरिएको जनाए ।

कार्यक्रममा परिषदका प्रशासकीय प्रमुख रमाकान्त सापकोटा र मध्यपुर ठिमी नगरपालिकाका उपमेयर विजयकृष्ण श्रेष्ठले युवाहरुलाई स्वरोजगारको बाटोमा लाग्न अपिल गरे ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ८ : ५३ बजे