Logo

मुख्य समाचार

जापानका पूर्वप्रधानमन्त्री आवेको निधनमा नेपालमा आज राष्ट्रिय शोक मनाइँदै



काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधनमा आज नेपालमा राष्ट्रिय शोक मनाईँदैछ ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । ६७ वर्षीय आबेको शुक्रबार गोली प्रहार गरी हत्या गरिएको हो ।

स्थानीय समयअनुसार शुक्रबार बिहान साढे ११ बजेतिर दक्षिण पश्चिम जापानको नारा सहरमा राजनीतिक प्रचार कार्यक्रममा बोल्ने क्रममा आबेमाथि गोली प्रहार भएको थियो । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको घोर भर्त्सना गर्दै सरकारले जापान सरकार, जापानी जनता र आबेको परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

यस्तै, छिमेकी मुलुक भारत लगायतका देशमा पनि आवेको निधनको शोकमा आज राष्ट्रिय शोक मनाईँदैछ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ९ : २८ बजे