Logo

अर्थ

सानिमा बैंकको ऋणपत्रमा आज पनि आवेदन दिन सकिने



काठमाडौं । सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ ।

बैंकले असार १० गते ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको थियो । यसले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला भएको हो ।

यस ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन नपरेकाले २० लाख इकाई नै सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ । सानिमाले १० वर्ष अवधिको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्टले गरेको छ । यस ऋणपत्रमा असार १४ गतेसम्म आवेदन दिन पाइनेछ ।

उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने असार २४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ९ : १० बजे