Logo

मुख्य समाचार

पदाधिकारी टुंगो लगाउन खुमलटारमा माओवादी बैठक सुरु



काठमाडौ । नेकपा माओवादीका पुर्व स्थायी कमिटीको बैठक खुमलटारमा सुरु भएको छ ।

जारी केन्द्रिय समितिको तेस्रो पुर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनु अघि र पदाधिकारी घोषणा गर्नु अघि पुर्व स्थायी कमिटीको बैठक बस्न लागेको हो ।

पार्टीवाट प्रतिनिधित्व गर्ने अर्थमन्त्री जनार्दन शर्मा बिबादित भएपछि बुधवार पनि स्थगित भएको केन्द्रिय समिति बैठकवाट पदाधिकारी टुंगो लगाउने प्रयास स्वरुप बैठक बस्न लागिएको हरिबोल गजुरेलले जानकारी दिए ।

‘पदाधिकारी चयनका बिषयमा प्रारम्भिक कुराकानी भईसकेको छ, त्यसलाई निष्कर्षमा पुर्‍याउनका लागि आज पनि प्रयास जारी रहनेछ,’ गजुरेलले भने, ‘सम्भवत: पदाधिकारी टुंगो गरेर केन्द्रिय समिति बैठक समापान गर्न लागि परेका छौं ।’

आइतवार देखी सुरु भएको बैठकको सुरुको दिनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने सोही दिन प्रदेश र गैर भौगलिकवाट रिर्पोटिङ भएको । दोस्रो दिन केन्द्रिय सदस्यहरुले उक्त दुवै बिषयमा प्रश्न राखे पछि मंगलवार बस्ने गरी स्थगित बैठक त्यसपछि पदाधिकारी चयनका बिषयलाई लिएर आन्तरिक गृहकार्यका कारण दुई दिनसम्म बस्न सकेको थिएन । बैठक अपरान्ह १ बजे बस्दैछ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ११ : २६ बजे