Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

विश्व

बेलायतमा राजनीतिक संकट: प्रधानमन्त्री जोनसन भन्छन् – राजीनामा दिन्न



लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सरकारबाट थप पाँच जना कनिष्ठ मन्त्रीले बुधबार सामूहिक राजीनामा दिएपछि राजीनामा दिने टोरी सांसदको संख्या २७ पुगेको छ । प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै एकपछि अर्को मन्त्रीले राजीनामा दिएका हुन् । मन्त्रीहरुको राजीनामापछि प्रधानमन्त्री जोनसन राजनीतिक संकटमा परेका छन् । प्रधानमन्त्रीले राष्ट्रिय हित विपरित गरेको उनीहरुले आरोप लगाएका छन् ।

अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको नाटकीय राजीनामापछि बुधबार एकपछि अर्को मन्त्रीले राजीनामा दिएका थिए । राजनीतिक संकट चर्किरहेका बेला प्रधानमन्त्री जोनसनले लेभलिङ अप, हाउजिङ तथा कम्युनिटी मन्त्री माइकल गोभलाई बर्खास्त गरेका छन् । यसअघि गोभले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।

ठूलो संख्यामा मन्त्रीहरूको राजीनामा र पार्टीभित्रै भइरहेको विद्रोहबीच प्रधानमन्त्रीले राजीनामा नदिने अडान राखेका छन् । ब्रिटिश संसद्को नियमित प्रश्नोत्तर सत्रमा उनले आफूले सन् २०१९ को निर्वाचनबाट जनादेश पाएको र त्यो जारी रहने बताए ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ६ : २७ बजे

हेल्पिङ हर्ट नेपालको सहयोगमा विपन्न परीवारलाई कम्बल वितरण सिरहा । तराई मधेशका जिल्लामा चिसोबढेसँगै सिराहाका विभिन्न पालिकामा अतिविपन्न घर परीवारलाई कम्बल वितरण गरिएको छ।  हेल्पिङ हर्ट नेपालको सहयोगमा जिल्लाको लहान, गोलबजार, महनौर र अर्नमा गाउँ पालिकामा गरी २५० गरिव, दलीत, विपन्न तथा एकलमहिलालाई कम्बल प्रदान गरिएको हो । सिराहामा बढ्दो सितलहरका कारण विपन्न परिवारका सदस्यको कठ्याङ्ग्रिएर मृत्युसम्म हुने गरेकाले चिसोबाट जोगिन जिल्लाको लहान नगरपालिकाको ५ र १९ नम्वर वडामा ५०/५० थान, गोलबजार नगरपालिका ११ थान, नरहा गाउँपालिका ३ थान र खोरिया, अर्नमागाउँ पालिका १ थान, महनौरमा ५०/५० घर परीवारलाई कम्बल प्रदान गरिएको संस्थाका जिल्ला संयोजक जियाउद्दिन खानले बताए ।