Logo

Breaking News 1

जनक शिक्षा सामग्रीका प्रबन्ध निर्देशक झालाई कालोमोसो दलियो



काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झालाई कालोमोसो दलिएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका विद्यार्थी संगठनका नेताहरुले झालाई कालोमोसो दलेका हुन् । पाठयपुस्तक छपाईमा मनोमानी तथा भ्रष्टाचार गरेर विद्यार्थीलाई पाठयपुस्तक नदिएको आरोप लगाउँदै झामाथि कालोमोसो थलिएको हो ।

संगठनका महासचिव ललित बिश्वकर्माले विभिन्न ६ बुँदे आरोपसहित कालोमोसो दलेका हुन् ।

राजधानीमै पाठयपुस्तकको चरम अभाव गराएको, चरम भ्रष्टाचार गरेको, कागज खरिदमा चरम अनियमितता गरेको, निजी शैक्षिक संस्थासँग मिलेर जनक शिक्षा सामाग्री केन्द्र डुवाउने खेलमा लागेको, जनताका छोराछोरीको भविष्यमाथि चरम खेलवाड गरेको आरोप अखिल क्रान्तिकारीले लगाएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ३ : २४ बजे