Logo

मुख्य समाचार

शेखर कोइराला पक्षको बैठक आज पनि बस्दै



काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली एक फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक आज दिउँसो २ बजे सोही स्थानमा बस्ने भएको हो ।

यसअघि हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालिएको थियो । १४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको भन्दै बैठकमा नेताहरुले असन्तुष्टि जनाएका थिए ।

नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेको आरोप लगाएका छन् । देउवाले स्थानीय चुनाव सकिएको लामो समय भइसक्दा पनि केन्द्रीय समिति बैठक नराखेको, भ्रातृ संस्थामा आफूखुसी नियुक्ति गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

देउवाको मनोमानी कायमै रहेमा विद्रोह गर्नुपर्ने सो समूहका नेताहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ६ : ५६ बजे

हेल्पिङ हर्ट नेपालको सहयोगमा विपन्न परीवारलाई कम्बल वितरण सिरहा । तराई मधेशका जिल्लामा चिसोबढेसँगै सिराहाका विभिन्न पालिकामा अतिविपन्न घर परीवारलाई कम्बल वितरण गरिएको छ।  हेल्पिङ हर्ट नेपालको सहयोगमा जिल्लाको लहान, गोलबजार, महनौर र अर्नमा गाउँ पालिकामा गरी २५० गरिव, दलीत, विपन्न तथा एकलमहिलालाई कम्बल प्रदान गरिएको हो । सिराहामा बढ्दो सितलहरका कारण विपन्न परिवारका सदस्यको कठ्याङ्ग्रिएर मृत्युसम्म हुने गरेकाले चिसोबाट जोगिन जिल्लाको लहान नगरपालिकाको ५ र १९ नम्वर वडामा ५०/५० थान, गोलबजार नगरपालिका ११ थान, नरहा गाउँपालिका ३ थान र खोरिया, अर्नमागाउँ पालिका १ थान, महनौरमा ५०/५० घर परीवारलाई कम्बल प्रदान गरिएको संस्थाका जिल्ला संयोजक जियाउद्दिन खानले बताए ।