Logo

Breaking News 1

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक डाकेका छन् ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ ।

एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी भएका नयाँ चार मन्त्रीको यो पहिलो मन्त्रिपरिषद् बैठक हुनेछ ।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्नेमा मन्त्रिपरिषद् हेरफेरका कारण बस्न सकेको थिएन ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १२ : ०१ बजे