Logo

मुख्य समाचार

वामदेव गौतमले आज पार्टी घोषणा गर्दै



काठमाडौं । वामदेव गौतमले आज नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।

नेकपा एमाले परित्याग गरेर बसेका राष्ट्रियसभा सदस्य गौतमले नयाँ पार्टी घोषणा गर्न लागेका हुन् । दिउँसो १ बजेका लागि भृकुटीमण्डपस्थिति रिपोर्टर्स क्बलमा घोषणा कार्यक्रम राखिएको छ ।

नेकपा विभाजित भएपछि १४ माघ २०७७ मा गौतमले ६५१ सदस्यीय नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए । तर सर्वोच्च अदालतले पार्टीको नाम विवादमा २३ फागुनमा नेकपा एमाले र माओवादी केन्द्रको एकता अस्वीकार गरेपछि नेकपाको अस्तित्व नै रहेन ।

२ भदौ ०७८ मा पुनर्स्थापित एमाले पनि विभाजित भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी बन्यो । गौतमले भने एमालेनै परित्याग गरेर बसेका थिए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १० : ४६ बजे