Logo

मुख्य समाचार

दिलमाया मृत्यु प्रकरण: परिवारले दिए श्रेष्ठविरुद्व जाहेरी



काठमाडौं । लोकदोहोरी गायिका दिलमायाँ सुनारका परिवारले पक्राउ परेका सूर्य श्रेष्ठविरुद्व जाहेरी दिएका छन् ।

दिलमायाका बुवाले आइतबार बिहान प्रहरी वृत्त बालाजु पुगेर श्रेष्ठविरुद्व कर्तव्य ज्यानसम्बन्धी कसूरमा जाहेरी दिएका हुन् । शनिबार बिहान काठमाडौंको तार्केश्वर नगरपालिका-११ स्थित डेरामा दिलमाया मृत फेला परेकी थिइन्।

सुनारको मृत्युमा श्रेष्ठको हात रहेको आशंका गरिएको छ । तर, श्रेष्ठले भने आफूले हत्या नगरेको आफू सुतेको बेला उनी झुण्डिएर आत्महत्या गरेको बताएका छन् ।

उनको मृत्युपछि आफू फस्ने डरले त्यहाँबाट भागेको उनले बताएका छन् । श्रेष्ठ सिन्धुपाल्चोक घर भई काठमाडौंमा सुन पसल सञ्चालन गर्दै आएका थिए ।

विवाहित श्रेष्ठ र सुनार लिभिड टुगेदरमा बस्दै आएको खुलेको छ । सुनारले मृत्यु अघि फेसबुकमा आत्महत्या गर्न लागेको भन्दै स्टाटस लेखे पनि घटना भने शंकास्पद देखिएको छ। उनको मोबाइल अहिलेसम्म भेटिएको छैन ।

दिलमायाको घाँटीमा निलडाम देखिएको छ। त्यसरी निलडाम देखिएपछि प्रहरीले सूर्यलाई पक्राउ गरेको हो।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १२ : ३३ बजे