Logo

विश्व

युक्रेनमा रुसी गीत संगीतमा प्रतिबन्ध



काठमाडौं । युक्रेनमा रुसी गीत संगीतमा प्रतिबन्ध लगाइएको छ ।

युक्रेनको संसदले सञ्चारमाध्यम र सार्वजनिक स्थानमा रुसी संगीत र पुस्तकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

यो प्रतिबन्ध सन् १९९१ पछि रूसी नागरिक भएकाहरूद्वारा सिर्जना गरिएको वा प्रदर्शन गरिएका संगीतसँग सम्बन्धित छ । तर, युक्रेनमा रुसी युद्धको निन्दा गर्ने कलाकारहरूले प्रतिबन्धबाट छुट्नका लागि निवेदन दिन सक्ने बताइएको छ ।

त्यस्तै, रुसबाट पुस्तक आयात गर्न पनि संसदले प्रतिबन्ध लगाएको छ । युक्रेनको संसदले अनुमोदन गरेको विधेयकले टेलिभिजन, रेडियो, विद्यालय, सार्वजनिक यातायात, होटल, रेस्टुरेन्ट, सिनेमाघर र अन्य सार्वजनिक स्थानहरूमा केही रूसी संगीत बजाउन वा प्रदर्शन गर्न प्रतिबन्ध लगाएको हो ।

रुस र युक्रेनबीच लामो समयदेखि युद्द जारी रहेको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ९ : ०५ बजे