Logo

Breaking News 1

मन्त्री आलेविरुद्ध संसद सचिवालयमा उजुरी दर्ता



काठमाडौं ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसद सचिवालयमा उजुरी परेको छ।

अधिवक्ताहरू किशोर पौडेल र अनुपम भट्टराईसहित तीनजनाले आलेविरुद्ध आइतवार संसद सचिवालय सिंहदरबारमा उजुरी दर्ता गराएका हुन् ।

पौडेल, भट्टराई र कानुनकी विद्यार्थी रेजिना पौड्यालले संसद सचिवालयस्थित आचरण अनुगमन समितिको कार्यालयमा उजुरी दर्ता गराएका हुन्।

मन्त्री आलेको २०७८ फागुन ३ गते सार्वजनिक भएको अश्लिल बोलेको अडियो प्रकरण र केहि दिनअघि पनि सार्वजनिक भएको अर्को अडियोका सम्बन्धमा छानबिन गरि कारबाही गर्न निवेदनमा माग गरिएको छ ।

मन्त्री आलेले सार्वजनिक नैतिकता र आचरण विपरितका कार्य गरेको आरोप निवेदनमा लगाइएको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १ : ०९ बजे