Logo

मुख्य समाचार

आईजीपी नियुक्ति बिरुद्धको रिटमा सुनुवाइ सुरु



काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति बिरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ ।

सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

निवेदक विश्वराज पोखरेलको तर्फबाट पूर्णमान शाक्यले बहस गरिरहेका छन् । वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।

वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १२ : १३ बजे