Logo

मुख्य समाचार

यूकेमा नेपाली नर्स पठाउने सम्झौता अघि बढाउन मन्त्रिपरिषद्को स्वीकृति



काठमाडौं । नेपाली नर्सहरूलाई रोजगारीका लागि यूके पठाउनका लागि द्विपक्षीय सम्झौताको एउटा मस्यौदालाई अघि बढाउन मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौतालाई अघि बढाउन स्वीकृति दिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका हुन् ।

हजो बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त जानकारी दिए । उक्त मस्यौदामा नेपाल तथा यूके सरकार-सरकारबीच (जीटूजी) सम्झौताको प्रस्ताव गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ३ : २८ बजे