Logo

Breaking News 1

मन्त्री आले फेरि विवादमा: नेपाल एयरलाइन्सका अध्यक्ष अधिकारीमाथि हातपात र अश्लील गाली !



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले फेरि विवादमा तानिएका छन् ।

मन्त्री आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई अश्लील गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका छन्। अपशब्द प्रयोग गर्दै मन्त्री आलीले अध्यक्ष अधिकारीलाई गाली गरेको अडियोमा सुन्न सकिन्छ ।

अन्नपूर्ण पोस्ट्‌ले सार्वजनिक गरेको अडियोमा पर्यटनमन्त्री आलेले अध्यक्ष अधिकारीलाई कार्यकक्षमै अश्लील गालीगलौजसँगै हातपात गरेको सुनिन्छ ।

आफ्नो मान्छेलाई जागिर नलगाएको भन्दै मन्त्री आलेले अधिकारीमाथि गालीगलौज तथा हातपात गरेको बताइएको छ ।

अडियोमा अधिकारी मन्त्री आलेको कार्यकक्षमा पुगेको र ढोका खोलेको सुनिन्छ । अधिकारीले मन्त्री आलेलाई नमस्कार गर्छन् । अनि मन्त्री आलेले ‘मोबाइल स्वीच अफ गर्’ भनेको सुनिन्छ । त्यसपछि आलेले अधिकारीलाई ‘के गर्छस् तैँले ? भन्दै गाली गर्दै हातपात गरेको आवाज अडियोमा सुनिन्छ ।

अश्लील गाली गर्दै आलेले अधिकारीलाई तलाई सेन्टरमा तानिदिन्छु भोलि नै भनेको सुन्न सकिन्छ । अनि अधिकारीले फेरि भन्छन्,’मिलाउँछु भनिसकेँ त मन्त्रीज्यू । मैले काम गर्छु भनेको छु, अब भइहाल्यो ।’

आलेले भन्छन्,’कतिचोटि भन्ने तलाईं हँ ? अब पर्दैन, नगर् भन्दै फेरि गालीगलौज गर्छन् ।

यसअघि पनि मन्त्री आलेले एकजना युवकलाई टेलिफोनवाट अपशब्द प्रयोगरेको अडियो सार्वजनिक भए पछि बिबादमा तानिएका थिए ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ९ : ३५ बजे