Logo

Breaking News 1

आजको संसद बैठकः गृहमन्त्री बालकृष्ण खाणले तीन वटा विधेयक प्रस्तुत गर्ने



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज शुक्रबार दिउँसो बस्दैछ। बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने भएको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले तीन वटा विधेयक प्रस्तुत गर्नेछन् । उनले ‘सामाजिक सुरक्षा–पहिलो संशोधन – विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने त्यसपछि विधेयक प्रस्तुत गर्ने छन् ।

त्यसैगरी, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

उनले नै नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बैककमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन र बिमा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, पेस गर्ने सम्भावित कार्यसूची छ।

संसदले बिहीबार मात्र आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन विधेयक पारित गरेको थियो ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : ४७ बजे