Logo

मुख्य समाचार

प्रचण्डलाई ईश्वर पोखरेलको चुनौति-एसपीपी सम्झौता ओलीको पालामा भएको भन्ने प्रमाण पेश गर्नुस्



काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता कार्यान्वयन केपी ओली सरकारले गरेको भन्ने प्रमाण पेश गर्न चुनौती दिएका छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै पोखरेलले प्रचण्डप्रति इंगित गर्दै चुनौति दिएका हुन् । अध्यक्ष प्रचण्डले एक कार्यक्रममा एसपीपी केपी ओली सरकारकै पालमा कार्यान्वयनमा गइसकेको दाबी गरेका थिए ।

‘गठबन्धनका एक नेताले एसपीपी केपी ओली सरकारकै पालामा कार्यान्वयन भएको भनेछन् । केपी ओलीको पालामा एसपीपी कार्यान्वयन भएको प्रमाण पेश गर्न म चुनौति दिन चाहान्छु,उनले भने ।’

केपी ओलीले नेतृत्व गरेका बेलामा आफूहरुले राष्ट्रिय अडानलाई कायम राखेको उनले दाबी गरे । पाखरेलले एसपीपीलाई एमालेले कुनै पनि हालतमा अगाडि बढ्न नदिने स्पष्ट पारे ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  १ : ४१ बजे