Logo

मुख्य समाचार

‘एसपीपी ओलीकै पालामा अगाडि बढेको हो’: अध्यक्ष प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे टिप्पणी गरेका छन् ।

दोलखका माओवादी नेता रितबहादुर खड्काको स्मृति पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एसपीपी सम्झौता कुनै हालतमा अघि नबढ्ने प्रचण्डले दाबी गरेका हुन् ।

उनले यो सम्झौता केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अघि बढेको स्मरण गराउदै राष्ट्रवादको पाखण्डी प्रचारले केही नहुने टिप्पणी गरे ।

‘त्यस्तो कुनै सैन्य सम्झौता हुने छैन। म घोषणा गर्न चाहन्छु। प्रधानमन्त्रीज्युले कुनै पनि हालतमा त्यस्तो सम्झौतामा जान्न भनेर कमिटमेन्ट गरिसक्नु भएको छ’, उनले भने।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ११ : ३५ बजे