Logo

मुख्य समाचार

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी



काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बसिरहेको छ ।

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघीय निर्वाचनको रणनीति बनाउने एजेण्डा रहेका छन् ।

स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनबाट चुनाव लडेको एकीकृत समाजावदीले एक महानगर, एक उपमहानगरसहित २० तह जितेको छ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  २ : २२ बजे