Logo

मुख्य समाचार

सिक्किममा ‘कबड्डी ४’को प्रदर्शनमा रोक



काठमाडौं । भारतको सिक्किममा नेपाली फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा रोक लागेको छ ।

चलचित्र नायिका र एक लामाबीचको विवादले उग्र रुप लिँदा चलचित्र प्रदर्शनमा नै रोक लागाउनु परेको हो ।

मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्यालमा राख्दै प्रदर्शनमा रोक लगाउने निर्णय भएको जनाए।

सिक्किममा यो फिल्म शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १ : ५० बजे