Logo

मुख्य समाचार

सशस्त्र प्रहरीका ९ एसपी एसएसपी बढुवाका लागि सिफारिस, को-को परे ?



काठमाडौं । सशस्त्र प्रहरी बलका ९ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ​ उपरिक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिसउपर चित्त नबुझे ७ दिनभित्र बढुवाउपरको उजुरी सुन्ने समितिमा उजुरी दिनसक्ने बढुवा समितिको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १२ : ३१ बजे