Logo

अर्थ

मंगलबार १८ सयले घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?



काठमाडौं । नेपाली बजारमा मंगलबार एकैदिन सुनको मूल्य तोलामा १८ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोलामा ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार मंगलबार चाँदीको मूल्य पनि तोलामा २० रुपैँयाले घटेको छ ।

चाँदी १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १० : ५७ बजे