Logo

Breaking News 1

हाम्रो पुस्ता विकासको गफ गर्दागर्दै समाप्त हुने त होइन ?: गोकर्ण विष्ट



काठमाडौं । नेकपा एमाले सांसद गोकर्ण विष्टले अहिलेको पुस्ता विकासको गफ गर्दागर्दै समाप्त हुने अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभामा ऊर्जा मन्त्रालयको बजेटमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्दै पूर्व ऊर्जामन्त्री समेत रहेका सांसद विष्टले यस्तो टिप्पणी गरेका हुन् ।

उनले एक शताब्दी लामो विद्युत उत्पादनको परिणाम हेर्दा र अहिले सरकार प्रस्तुत गरेको बजेटले त्यस्तो शंका उत्पन्न गराएको बताए । उनले हाम्रो पुस्ता विकासको गफ गर्दागर्दै समाप्त हुने त होइन ? भन्दै प्रश्न गरे । उनले नेपालमा उत्पादन गरेको २१ सय ७१ मेगावाट विजुली वर्षाको समयमा भएको र हिउँदमा एक तिहाइ मात्रै हुने बताए ।

विष्टले भने,‘अहिलेको बजेटमा सुख्खा र वर्षायाममा रहेको अन्तरलाई कम गर्न जलाशययुक्त आयोजना निर्माण गर्न विषयमा सरकारको योजना छैन ।’

उनले भारततर्फ राति बिजुली निर्यात गर्न थाले पनि चालु आर्थिक वर्षमा करिब १२ अर्ब रुपैयाँको बिजुली आयात गर्ने सम्भावना देखा परेको बताए । उनले ऊर्जा मन्त्रालयमा बजेट घटाएको पनि असन्तुष्टि जनाएका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  २ : २९ बजे