Logo

Breaking News 1

सार्वजनिक सवारीको भाडा पुन: बढ्यो, कहाँ पुग्न कति लाग्छ ? (भाडा सूची)



काठमाडौं । सार्वजनिक सवारी साधनको भाडा पुन: बढेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक सवारीको भाडा पनि बढेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागले अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको सूचना जारी गर्दै जानकारी गराएको हो ।

विभागका अनुसार यात्रुबाहक सवारीको हकमा २.५ प्रतिशत भाडा बढेको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशतले भाडा बढेको हो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  १ : ३० बजे