Logo

अर्थ

शुक्रबार ३ सय रुपैँयाले घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार भइरहेको छ ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन प्रतितोलामा ३ सयले घटेको हो । बिहीबार प्रतितोला ९८ हजार रहेको सुनको मूल्य शुक्रबार घटेर प्रतितोला ९७ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम गरिएको छ ।

महासंघकाअनुसार चाँदीको मूल्य पनि शुक्रबार १५ रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ११ : २६ बजे