Logo

अर्थ

बिहीबार बढ्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा पाँचसयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन तोलामा ५०० रुपैयाँले बढ्दै ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघकाअनुसार बिहीबार चाँदीको मूल्य भने यथावत् रहेको छ ।

चाँदी बुधबारकै मूल्यमा प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ११ : ०७ बजे