Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

समाचार

धादिङमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु



काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका-६ चालिसेमा गएराती ट्रकको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ ।

गोर्खाको गण्डकी गाँउपालिका-५ दरबुङ घर भएकी अन्दाजी ४४ बर्षीया राममाया विकको मृत्यु भएको हो ।

काठमाडौंबाट नारायणगढ तर्फ जादै गरेको ना८ख ५१ ७३ नम्बरको ट्रकको ठक्करबाट गएराती साढे ९ बजे गम्भीर घाइते भएकी विकको उपचारको क्रममा ट्रमा सेन्टरमा राती साढे १० बजे मृत्यु भएको हो ।

ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  १० : ४९ बजे