Logo

समाचार

शुक्रबार थप २६ जनामा कोरोना पुष्टि



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज पीसीआर विधिबाट ४५ सय २८, एन्टीजेन विधिबाट १ हजार ७७ जनामा परिक्षण गर्दा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ ।बितेको २४ घण्टामा ९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा कोरोना सक्रिय संक्रमित संख्या १ सय ११ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ३ : १४ बजे