Logo

समाचार

मुग्लिन-पोखरा सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने



काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।

उक्त खण्डमा मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत सडक खन्ने कार्य गर्नुपर्ने भएकाले दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो ।

आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन बन्द रहने भएको छ ।

सडक रातिको समयमा बन्द गरेर काम गरिने जनाइएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  २ : ३० बजे