Logo

अर्थ

शुक्रबार पनि ९ सयले बढ्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार भइरहेको छ ?



काठमाडौं । नेपाली बजारमा आज शुक्रबार पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ९ सयले बढेको हो ।

बिहीबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोलामा ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार शुक्रबार चाँदी पनि तोलामा २५ रुपैँयाले बढेको छ ।

चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ११ : ०७ बजे