काठमाडौं । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुमध्ये ११ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ ।
आज (बिहीबार) टिचिङ शिक्षण अस्पताल महाराजगञ्जमा शवहरुको पोस्टमार्टमपछि धनुषाका एकै परिवारका सात जना र भारतीय नागरिकहरुको शव परिवारलाई हस्तान्तरण गरिएको हो ।
११ जनाको शव परिवारलाई बुझाएसँगै अब पाइलट प्रभाकरलगायत ११ जनाको शव हस्तान्तरण गर्न बाँकी रहेको छ ।
विमान दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जनाको निधन भएको थियो ।
प्रतिक्रिया