Logo

Breaking News 1

सरकारले पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटायो



काठमाडौं । सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ । डिजेल र पेट्रोलमा लिटरमा १०/१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरिएको अर्थमन्त्रालय स्रोतले बताएको छ ।

‘हामीले १०–१० रुपैयाले घटाएर उद्योग मन्त्रालयलाई मंगलबार पठाएका छौं ’ स्रोतले भन्यो, ‘अब मूल्य घटाउने वा निगमको घाटा घटाउने निर्णय उद्योग वाणिज्य मन्त्रालयले गर्छ ।’

डिजेल र पेट्रोलमा लगाइएको पूर्वाधार कर घटेसँगै मूल्य पनि समायोजना हुनेछ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  १० : ०९ बजे