Logo

मनोरञ्जन

दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्डको उत्कृष्ट ५ मनोनयन २१ गते सार्वजनिक हुँदै



काठमाडौं । दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्डको उत्कृष्ट ५ मनोनयन जेठ २१ गते सार्वजनिक हुने भएको छ । ब्रान्डरुट इन्टरटेन्मेन्ट प्राली काठमाडौंको आयोजनामा दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड–२०७८ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक हुने भएको हो ।

अघिल्लो बर्ष उत्कृष्ट र सान्दार तरिकाले सम्पन्न भएको अवार्ड कार्यक्रम यसपटक २०७९ असार १२ राष्ट्रिय नाचघर जमलमा सम्पन्न गर्ने आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार ५० विधामा अवार्ड वितरण गर्ने र विशेष सम्मान गर्ने गरिने छ ।

अवार्डको नाममा अनेकन टिकाटिप्पणी भए जस्तो वा किनबेच गर्ने भन्दा पनि अग्रज श्रस्टाको मान,मर्यादा र नयाँ पुस्तालाई उत्साह, हौंसला दिने अभिप्रायले कार्यक्रम आयोजना गरिएको आयोजकका निर्देशक सुनिल बिसीको भनाई छ । भोटिङबाट ४०प्रतिशत निर्णायकबाट ५० प्रतिशत र आयोजकबाट १० प्रतिशत मुल्यांकनको आधारमा निर्णय हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  १० : ३३ बजे