Logo

निर्वाचन विशेष

त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेसका बस्नेत विजयी, उपमेयरमा एमालेकी महेश्वरी



काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका वसन्त बस्नेत विजयी भएका छन्।

सोमबार सकिएको मतगणनाबाट बस्नेत विजयी भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भागवत राउलाई पराजित गरेका हुन् ।

बस्नेतले १३ हजार ९ सय ५९ मत पाउँदा राउले ११ हजार ८ सय ७३ मत पाए । यस्तै एकीकृत समाजवादीका बलदेब चौधरीले ९ हजार १ सय ४७ मत पाए।

यस्तै, उपप्रमुखमा भने एमालेकी महेश्वरी राई निर्वाचित भएकी छिन् । उनले नेपाली काङ्ग्रेसकी सरिता राईलाई पराजित गरेकी हुन् ।

महेश्वरीले १३ हजार ७ सय ३ मत पाउँदा कांग्रेसकी सरिताले ११ हजार ९८१ मत पाइन्। नेकपा माओवादी केन्द्रकी गिता खड्का कार्कीले ६ हजार ५ सय ६८ मत पाइ्न।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ३ : ४१ बजे