Logo

समाचार

एमाले संसदीय दलको बैठक जारी



काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ ।

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटबारे धारणा तय गर्न बैठक बोलाइएको बताइएको छ ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बसिरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि करिब १८ खर्बको बजेट प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  २ : ५९ बजे