Logo

मुख्य समाचार

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले लिए सपथ



काठमाडौं । काठमाडौं महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन्द्र साहले पद तथा गोपनियताको सपथ लिएका छन् ।

आज राष्ट्रिय सभा गृहमा आयोजित सपदग्रहण तथा प्रमाणमत्र वितरण समारोह कार्यक्रममा साहले सपथ लिएका हुन् । साहलाई मुख्य निर्वाचन अधिकृतले सपथ दिलाएका हुन् ।

यस्तै, उपमेयर सुनिता डंगोलले पनि सपथ लिएकी छिन् । डंगोललाई भने मेयर साहले सपथग्रहण गराएका हुन् ।

नवनिर्वाचित जनप्रतिनिधिहरुले आजै पदबहाली गर्दैछन्।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  १२ : २० बजे