Logo

समाचार

नदीमा डुबेर दुई बालकको मृत्यु



काठमाडौं । कैलालीमा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका-३ मा पर्ने मोहना नदीमा पौडी खेल्ने क्रममा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनगढी-३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ३ : ०४ बजे