Logo

समाचार

कानुनमन्त्री शर्माद्दारा यौन हिंसाको मुद्दामा हदम्याद बढाउनेसम्बन्धी विधेयक दर्ता



काठमाडौं । सरकारले यौन हिंसाविरुद्ध उजुरी दिने हदम्याद बढाउन कानुन बनाउने तयारी थालेको छ ।

आइतबार संघीय संसद सचिवालयमा विधेयक दर्ता गरिएको छ ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले यौन हिंसाको मुद्दामा हदम्याद बढाउनेसम्बन्धी विधेयक सचिवालयमा दर्ता गरेका हुन् ।

यौन हिंसाका पीडितले उजुरी दिने हदम्याद नै राख्न नहुने पनि आवाज उठिरहेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  २ : ३९ बजे