Logo

मुख्य समाचार

मौसम खराबीका कारण बेपत्ता विमान खोज्न सकस, फिस्टेल एयरको हेलिकप्टर यत्तिकै फर्कियो



काठमाडौं । पोखराबाट उडेको तारा एयरको जहाज बेपत्ता भएपछि खोजी सुरु भएको छ ।

मुस्ताङको जोमसोमबाट फिस्टेल एयरको हेलिकोप्टर खोजीका लागि निस्किए पनि बादल लागेका कारण त्यसै फर्किएको बताइएको छ ।

यस्तै पोखराबाट नेपाली सेनाको जहाजमा रेस्क्यु टोली त्यसतर्फ गएको छ । विमान खोजीका लागि काठमाडौंबाट पनि सेनाको हेलिकप्टर जोमसोमतर्फ उडेको छ ।

मुस्ताङको मौसम निकै खराब अवस्थामा छ । सो जहाजमा चालक दलका तीन सदस्यसहित २२ यात्रु सवार थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १२ : ३६ बजे